काठमाण्डू, २७ पुस– प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
उनले आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको खुलेको प्रहरीले जानकारी दिएको । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।