सत्ता समीकरण तीन वर्षसम्म चल्छः महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ पुष २७ गते १२:५१ मा प्रकाशित

काठमाण्डू, २७ पुस– कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने बताएका छन । हिजो शुक्रबार काठमाण्डूमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको २३ औँ वार्षिक साधरणसभामा बोल्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन ।

उनले कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विगतमा कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको पनि बताएका छन ।

उनले यस पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने बताए । उनले विगतमा २०४८ सालमा संविधान,२०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रूपमा सुधार हुनुपर्ने बताए ।

उनले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने बताए । उनले केही जनता र उद्योगी व्यवसायीहरूको लागि भनेर वर्तमान सत्ता समीकरणले दिनरात नभनी अर्थतन्त्र सुधारको लागि काम गरिरहेको बताए । उनले सरकारले निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रूपमा सुधार गर्ने प्रयास गरिरहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ । यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ ।

तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठुला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ । पहिला पनि पाएको थियो । २०४८ सालमा संविधान पायो । २०७० मा संविधान पायो । अहिले के पाउने हो । अहिले केही पाउनुपर्दैन सबै कुरा सम्हाल्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us