रवि लामिछाने पक्राउ नपर्ने, काठमाण्डु जिल्ला अदालतमा हाजिर हुने सर्तमा निकिताको जिम्म लगाउने तयारी

काठमाण्डु टुडे २०८१ पुष २५ गते २०:११ मा प्रकाशित

काठमाण्डु, २५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई स्वास्थ्य परीक्षण गरी आजै रिहा गर्ने तयारी भएको छ ।

लामिछानेलाई काठमाण्डु जिल्ला अदालतमा आफैं उपस्थित हुने सर्तमा रिहा गर्न लागिएको हो । कास्कीको सूर्यदर्शन सहकारीको बचत

अपचलन कसुरमा थुनामा रहेका लाछिानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश निजित राईको एकल इजलासले बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

कास्की प्रहरीका एक अधिकृतका अनुसार फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गरी लामिछानेलाई श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा लगाउने तयारी छ ।

लामिछानेले आफू शुक्रबार आफैं काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुने बताएकाले पक्राउ नगर्न लागिएको प्रहरीको भनाइ छ ।

काठमाण्डु प्रहरी परिसरले बिहीबारै लामिछाने रिहा भएमा नियन्त्रणमा लिएर बुझाउन कास्की प्रहरीलाई पत्राचार गरेको थियो ।

काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी कसुरमा पनि लामिछानेसहित ३९ जनाविरुद्ध आइतबार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डुमा मुद्धा दायर गरिसकेको छ । लामिछानेमाथि सो सहकारीको ५ करोड अपचलन गरेको आरोप छ ।

रिहा हुनुअघि लामिछानेले अदालतले तोको बमोजिम ६५ लाख रुपैयाँ धरौटी बुझाउने तयारी गरेका छन् । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले धरौटी बुझाउनेबारे लामिछाने पक्षबाट जानकारी आएको बताए ।

धरौटी बुझाएलगत्तै आजै रिहा गरिने उनको भनाइ छ । कास्कीस्थित सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा रास्वपा कार्यालय बनस्थलीबाट पक्राउ गरी सोही राति पोखरा लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us