एकता र एकीकरणको चरण समाप्त भयो, मर्ज गर्न सकिन्छ: ओली

काठमाण्डु टुडे २०८१ पुष २५ गते १८:२० मा प्रकाशित

काठमाण्डू, २५ पुस– प्रधानमन्त्री समेत रहेका  एमाले अध्यक्ष केपी ओलीले एमालेले कुनै पाटीसँग एकता नगर्ने बरु कुनै पार्टी आए एमालेमा मर्ज भने गर्न सकिने बताएका छन ।

 एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिहिबार स्ववियु निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले ०७८ सालमै एकता र एकीकरणको चरण सकिएको बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘र, हामी अब आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । एमालेमा मर्ज गर्न आए हुन्छ’ नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बन्दरबाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे स्थायी कमिटी सदस्य हुँ भन्छ एउटा भुरो । त्यो सँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बस भन्ने कुरा गर्दैन ।’

एकता एकीकरणका नाममा बार्गेनका लफडामा नपर्ने भन्दै आफ्नो पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर लैजाने बताए । ओलीले विद्यार्थी इतिहासबारे चर्चा गर्दै एमालेलाई मार्ने र सिध्याउने भनेर कतिपय कराए पनि नसकेको भन्दै झिँगाले सरापेर डिँगा नमर्ने उखान लागू भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us