केपी ओली साधारण मान्छे हो, इमान्दारीसाथ काम गर्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ पुष २५ गते १७:५१ मा प्रकाशित

काठमाण्डू, २५ पुस– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू साधारण मान्छे भएको र इमान्दारीसाथ काम गरिरहेको भन्दै आफ्नै प्रशंसा गरेका छन ।

आज (बिहिबार) एमाले मुख्यालय च्यासलमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्र्दभमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिस्पर्धी नेताहरूले आफ्नैबारेमा विभिन्न टिकाटिप्पणी गरे पनि आफू साधारण र इमानदार भएको बताएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, केपी ओली ? को केपी ओली ? को–को, को केपी ओली ? यति बिर्सिने भइसके क्या, यस्तै बिर्सिएको राम्रो ।

मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्, केही छैन, अब को केपी ओली भन्नेकुरा म बताउन्नँ । मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो, इमान्दारीसाथ काम गर्छ ।’ एमाले र आफ्नाबारेमा राजनीतिक दलका नेताहरूले अनेक कुरा लगाए पनि राजनीतिमा आफू इमानदार रहेको ओलीको धारणा थियो ।

‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे, एमालेलाई भित्तामा टाँसिदिने अरे क्या, लगेर । भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us