काठमाण्डू, २५ पुस– कांग्रेस नेता डा. शेखर कोइराला बेलायत उडेका छन्। बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी बिहीबार बेलायत गएको उनको सचिवालयले जानकारी दिएको छ ।
बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) मा जनवरी १३ मा नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनको निजि सचिवालयले जानकारी दिएको छ ।