पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २४ गते १२:१९ मा प्रकाशित

काठमाण्डू, २४ पुस– डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ ।

उनको मंगलबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो । बालिकालाई पोखरीमा डुबेर घाइते भएको अवस्थामा उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले बालिकाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us