अवैध कल सेन्टर र जुवा खाल चलाउँदै आएका तीन भारतीयसहित ५३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २३ गते ९:०४ मा प्रकाशित

काठमाण्डू, २३ पुस । ललितपुर सातदोबाटोस्थित एक घरमा अवैध कल सेन्टर र जुवा अड्डा चलाउँदै आएका ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन जना भारतीय पनि छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

ब्युरोका एसपी होबिन्द्र बोगटीका अनुसार सिंगै घर भाडामा लिएर कल सेन्टर र जुवा खाल चलाइरहेको सूचनाका आधारमा टोलीले छापा मारेको थियो ।

उनीहरुमाथि छानबिन अघि बढाइएको बोगटीले बताए । उनका अनुसार मंगलबार म्याद थपका लागि अदालतमा पेस गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us