काठमाण्डू हल्लाउने भूकम्प ७ रेक्टर स्केलको

काठमाण्डु टुडे २०८१ पुष २३ गते ७:२९ मा प्रकाशित

काठमाण्डू, २३ पुस- मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको शक्तिशाली भूकम्पको धक्का नेपाल र चीनको सीमानामा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागले तिप्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । उक्त स्थान नेपालको पूर्वी सिमाना नजिक पर्छ ।

काठमाण्डु उपत्यकासहित नेपालका अधिकांश स्थानमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । भूकम्पपछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्किएका थिए । सडकमा केहीबेर सवारी साधनसमेत रोकिएका थिए ।

काठमाण्डुसहित आसपासका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रामेछाप, दोलखालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन । पछिल्लो समय नेपालका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प जाने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us