आफैंले जन्माएको बीपी काँग्रेस छाडेर नेपाली काँग्रेस प्रवेश गरे हरिबोल

काठमाण्डु टुडे २०८१ पुष २२ गते २०:५६ मा प्रकाशित

काठमाण्डू, २२ पुस- कांग्रेस (बिपी) का संस्थापक सभापति हरिबोल भट्टराई नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले उनकै निवास बूढानीलकण्ठमा भट्टराई सहितका नेतालाई पार्टीमा स्वागत गरे । आफैंले जन्माएको बीपी काँग्रेस छाडेर भट्टराई काँग्रेस प्रवेश गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

कांग्रेस प्रवेश गर्ने अन्यमा काँग्रेस (बिपी) का संस्थापक महामन्त्री पुष्पराज पराजुली, वरिष्ठ उपसभापतिहरू गोविन्द शर्मा पौडेल, विष्णुप्रसाद ढकाल, गोविन्दराम परियार, भरतराज शर्मा, महामन्त्री भक्तराज भुसाल, सहमहामन्त्री ऋषव भट्टराई, प्रवक्ता शिवप्रसाद सिम्खडा, यमबहादुर आले, अन्जान लामा र केशव ढुंगाना कांग्रेस प्रवेश गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us