काठमाण्डु, २२ पुस– काठमाण्डुको डिल्लीबजार एक जना मृत अवस्थामा भेटिएका छन। सडक पेटीमा अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनको हाल नाम, थर र वतन नखुलेको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।