युट्युबर मनोज मानव पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २१ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, २१ पुस– प्रहरीले युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ गरेको छ । गत १९ पुसमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको अधिकारीले जानकारी दिए । उनले भने, ‘अभद्र व्यवहारको कसुरमा मानवलाई पक्राउ गरिएको हो ।

म्याद लिएर अनुसन्धान अघि बढाउँछौं ।’ यसअघि मानव पटक–पटक साइबर अपराधको कसुरमा पक्राउ गर्दै आएका थिए ।

युट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गर्दै आएका उनी धरौटीमा छुटेका थिए । अहिले भने अभद्र व्यवहारको कसुरमा पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाउने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us