काठमाण्डु, २१ पुस– प्रहरीले रौतहटमा बेवारिसे अवस्थामा फेला परेको गाडी पाँच महिनापछि भन्सार कार्यालयमा बुझाएको छ ।
गत साउन २७ गते दिउँसो नियन्त्रणमा लिएको बीआर ०१ पीएल ९३८७ नम्बरको महिन्द्रा कम्पनीको स्कारपियो गाडी प्रहरीले गत शुक्रबार गौर भन्सार कार्यालयमा बुझाएको रौतहट प्रहरीले जानकारी दिएको छ । चोरीको गाडी चलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले दुर्गाभगवती गाउँपालिका–३ मतसरीमा फेला पारी नियन्त्रणमा लिएको थियो ।
लामो समयसम्म पनि उक्त गाडी कसैले दाबी नगरेपछि भन्सार पठाइएको रौतहट प्रहरीले जानकारी दिएको छ । उक्त गाडीको मूल्य ३० लाख बराबरको रहेको छ ।