काठमाण्डु, २० पुस– प्रहरीले सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ रामपुर घर भई भक्तपुर बस्दै आएका ४७ वर्षीय सुजित मिजार रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले ३ पुसमा हरिकृष्ण बराल नाम गरेका व्यक्तिलाई फोन गरी सस्तो दरमा डलर साट्ने प्रलोभन देखाएर ५ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
बराललाई भक्तपुरकै हनुमन्ते खाला किनारमा बोलाएर उनले डरल भन्दै रुमालले बेरेको कागजको बिटो थमाइदिएर फरार भएका थिए । बरालसँग डलर साटिदिएको भन्दै उनीबाट ५ लाख रुपैयाँ लिएर उनी फरार भएका थिए ।