काठमाण्डु, २० पुस– कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन ।
आज (शनिबार) मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै कांग्रेस नेता निधीले यस्तो बताएका हुन ।
उनले संघीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने पनि बताएका छन । उनले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनमा जोड दिनुपर्ने पनि बताएका छन ।