काठमाण्डु, २० पुस– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा दुइटा कार आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन ।
आज शनिबार बिहान १० बजे काठमाण्डुबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१९०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१९०३० च ४५०९ नम्बरको कार आपसमा ठोक्किँदा दुवै कारमा सवार २–२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
घाइतेहरूमा पोखरा जाँदै गरेको कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का छन्। त्यस्तै काठमाण्डु आउँदै गरेको कारमा सवार रामेछापको खाडादेवी गाउँपालिका–८ की २१ वर्षीया सुनिता बरैली र मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ की २४ वर्षीया बबिता खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।