कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २० गते १३:२२ मा प्रकाशित

काठमाण्डु, २० पुस– प्रहरीले रौतहटबाट एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ गरेको छ । रौतहटको कटहरिया नगरपालिका–१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिएका छन ।

उनीमाथि आफ्नै भाइकी श्रीमती शारदा देवीको हत्या गरेको आरोप रहेको उनले जानकारी दिए । शारदाको २०६५ पुस २७ गते खेतमा गाडेको अवस्थामा शव फेला परेको थियो । त्यसबेलादेखि जितन फरार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us