काठमाण्डु, १९ पुस– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–६ घर भइ हाल काठमाण्डुको नागार्जुन बस्ने ४६ वर्षीय कृष्णबहादुर ढकाल रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले क्यानडा पठाउने भन्दै चार लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको एसपी काजिकुमार आचार्यले जानकारी दिएका छन ।