सुस्मिता मृत्यु प्रकरणः युवकको नाममा कोठा बुक

काठमाण्डु टुडे २०८१ पुष १९ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, १९ पुस– हिजो बिहिबार महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा पुस १६ मा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् । पुस १६ मा मध्यान्ह उनीसँगै होटलमा गएका युवक फरार छन् ।

होटलको कोठा ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापाको नाममा बुक फेला परेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन । युवकका परिवार आलापोटमा बस्छन् ।

थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएको अनुसन्धानमा संलग्न अधिकृतहरूले जानकारी दिएका छन । होटल बुक गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एकजना अधिकृतले जानकारी दिएका छन ।

सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । अनुसन्धान अधिकृतहरूले उनको हत्या भएको आशंका गरेका छन् । उनको मृत्युको कारण खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us