पहिलो महिला राजदूत शाहको निधन

काठमाण्डु टुडे २०८१ पुष १८ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, १८ पुस– नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । शाहको आज (बिहिबार) ९२ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनी नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् ।

सन् १९७१ मा उनी बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत बनेर समेत काम गरेकी थिइन् । शाह पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us