काठमाण्डु, १८ पुस– कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार रहन आग्रह गरेक छन ।
आज (बिहिबार) संसदीय समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शेरादरबारबारे बोल्दै प्रचण्डले ‘कानूनविपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेका थिए ।
प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ, धन्यवाद दिन तयार भए हुन्छ । किनभने, गम्भिरताका साथ अध्ययन भइरहेको छ ।
कसैको नाममा गैरकानुनी काम भएको रहेछ भने सरकारले फिर्ता ल्याउँछ ।’ त्यसअघि बिहीबारकै बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरादरबारको जग्गा विवादबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए ।