काठमाण्डु, १७ पुस– सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ ।
हिजो मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिरकरणको कार्यकारी निर्देशकमा कटुवाललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन ।
यअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा आवेदन दिएकामध्ये योग्य ८ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो ।
जस अनुसार सेजमा भुपेन्द्रप्रसाद अर्याल, रामप्रसाद पौडेल, कृष्णसिंह बस्नेत, नवराज सापकोटा, छत्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र संजय कुमारको दरखास्त स्वीकृत भएको थियो। उनी बाजुराका हुन् ।