विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १७ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, १७ पुस– प्रहरीले आकर्षक तलबमा विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पनौती घर भएका ७१ वर्षीय गणेश बहादुर थापा र नवलपुर घर भएर काठमाण्डुको टोखा बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

थापाले सर्विया पठाउँछु भनेर एक जनासँग ६ लाख ५० हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन ।

भण्डारीले हंगेरी पठाउँछु भनेर दुई जनाबाट १७ लाख ५० हजार ठगेकी हुन् । उनीहरूलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us