काठमाण्डु, १७ पुस– काठमाण्डुको बुढानीलकण्ठमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन ।
काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलक बहादुर श्रेष्ठ मृत अवस्थामा फेला प्ररेको प्रहरीले जानकारी दिएको छ ।
श्रेष्ठ हिजो मंगलबार मृत अवस्थामा फेला परेको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।