राष्ट्रपति पौडेलसँग राजदूतहरूले लिए शपथ

काठमाण्डु टुडे २०८१ पुष १७ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, १७ पुस– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

आज (बुधबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन ।

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us