जनता समस्याले उकुसमुकुस छन्ः महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ पुष १६ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, १६ पुस– कांग्रेस महामन्त्री गगन थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन ।

आज (मंगलबार) मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन ।

महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताएका छन । उनले भने, ‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ ।

पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

साथै, उनले ती समस्याहरूको समाधानको प्रयास गर्दागर्दै हुने सामुहिकताको भावना नै राष्ट्रियता भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us