थुनछेक बहस चलिरहँदा इजलासमै बाबु–छोरीको रुवाबासी

काठमाण्डु टुडे २०८१ पुष १६ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, १६ पुस– आज मंगलबारबाट कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु भएको छ ।

इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले ‘यहीँ मर्ने ’ अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो ।

जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँसु झार्दै आफू निर्दोष रहेको उनले बताएका थिए । उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताए ।

उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोइन् । त्यसपछि केहीबेर इजलासको मोहोल भावुक बन्न पुग्यो । गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार भइरहेको छ । ८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन् । बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन् ।

अदालत स्रोतका अनुसार इजलासको माहोल भावुक बनेको र कार्यालय समय पनि सकिएपछि आजका लागि थुनछेक बहस स्थगित गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us