मकवानपुरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष १५ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, १५ पुस– मकवानपुरमा बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरोमा सवार कैलाश गाउँपालिका–३ बस्ने ५६ वर्षीय शन्तबहादुर गोम्बा रहेका छन ।

राक्सिराङ गाउँपालिका–५ चाक्ले बगरस्थित सडकमा सुपप्र ०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप आइतबार दिउँसो दुर्घटना हुँदा गोम्बाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us