एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै छ: वामदेव गौतम

काठमाण्डु टुडे २०८१ पुष १५ गते १७:११ मा प्रकाशित

काठमाण्डु, १५ पुस– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सोमबार आफ्ना पुराना सहयात्री माधव नेपालसँग आज भेटवार्ता गरेका छन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई भेट्न आलोकनगर पुगेका गौतमले पुराना संस्मरणहरू पुनर्जीवित भएको बताएका छन ।

अध्यक्ष नेपालसँगको भेटपछि सञ्चारकर्मी हरुलाई प्रतिक्रिया दिदँै उनले भनेका छन, ‘पुराना संस्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्नपर्छ भन्ने पनि कुरा भयो ।

अनि आजलाई स्थगित भयो ।’ साथै, उनले आफू एकीकृत समाजवादी प्रवेशको सम्भावना रहेको पनि बताएका छन ।

एक नेताका अनुसार आजको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले चासो राखेका थिए ।

एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us