सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते

काठमाण्डु टुडे २०८१ पुष १५ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, १५ पुस– आज सोमबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते यात्रुहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिएकी छन । बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us