काठमाण्डु, १८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ ।
चीनको राजधानी बेइजिङमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो । यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच पनि मंगलबार नै भेटवार्ता भएको हो ।
लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।