त्रिभुवन विश्वविद्यालयद्वारा ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– त्रिभुवन विश्वविद्यालयले ६ जना सह–परीक्षा नियन्त्रक नियुक्त गरेको छ । उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाण्डुको बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरीएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

उपकुलपति प्रा.डा. केशरजंग बरालले मेरिटोक्रेसीका आधारमा नियुक्त गरीएको त्रिविका प्रवक्ता यमनसिंह बोहरालेले जानकारी दिएका छन ।

त्रिविले पर्याप्त मेरिटोक्रेसीका आधार, मार्कको आधारमा, डकुमेन्ट र नियम कानुनको अधीनमा रहेर परीक्षा नियन्त्रक सिफारिस समितिको सिफारिसमा परेकाहरू मध्ये नियुक्त गरिएको प्रवक्ता बोहराले जानकारी दिएका छन ।

नेपालगन्ज क्षेत्रीय कार्यालयका लागि डाक्टर लक्ष्मण पोखरेल, पोखराका लागि डाक्टर रामनाथ न्यौपाने, मधेस प्रदेशका लागि रामहित यादव, काठमाण्डुका लागि डाक्टर सूर्यनाथ कुलौनी र डाक्टर दावा शेर्पा, विराटनगरका लागि डाक्टर दिल्लीराम प्रसाईँलाई नियुक्त गरिएको उनले जानकारी दिएका छन ।

डीन लगायतका अन्य पदमा समेत छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उच्चतम मेरिटोक्रेसी कायम गर्दै नियुक्त गरिने प्रवक्ता बोहाराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us