त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा माओवादीको अग्रता

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ०:२९ मा प्रकाशित

उदयपुर, १७ मंसिर- त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जिततर्फ उन्मुख भएका छन् ।
माओवादीका नविक बान्तवाले ३ सय ९२ मतसहित अग्रता कायम गरेका छन् । उनलाई एमालेका लक्ष्मीनारायण चौधरीले २ सय ६२ मतसहित पछ्याई रहेका छन् ।
यस्तै कांग्रेसका सञ्जीव काफ्लेले १ सय ७६, एकीकृत समाजवादीकी निर्मला चौधरीेले १ सय ३९ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ध्रुव पोखरेलले ५८ मत ल्याएका छन् ।

त्रियुगा–१२ का वडाध्यक्ष चुडाराज काफ्लेको १२ फागुन २०७९ मा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us