गोरखा नगरपालिका-५ को वडाअध्यक्ष एमालेबाट माओवादीले खोस्यो

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २२:५८ मा प्रकाशित

गोरखा, १६ मंसिर- गोरखा नगरपालिका ५ को वडाअध्यक्ष माओवादी केन्द्रले जितेकोे छ ।
माओवादी उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मतसहित निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए ।
एमालेकी दुर्गामाया थापा रानाले ३ सय ४५ र रास्वपाका मंगलबहादुर थापाले ८२ मत ल्याएका छन् ।

२२ सय २५ मतदाता रहेको उक्त वडामा १३ सय ७३ मत खसेको थियो ।

०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा उक्त वडामा एमालेका खिलबहादुर राना विजयी भएका थिए । उनको ११ कात्तिक २०७९ मा निधन भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us