रुकुमपश्चिम, १६ मंसिर- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेस उम्मेदवार मोतीराम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् ।
माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरे ।
उक्त वडामा काँग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए । एक्लै माओवादीलाई जित्न नसक्ने भएपछि दुई प्रमुख सत्तारुढ दल मिलेका हुन् ।
उक्त वडा ०७९ को स्थानीय निर्वाचनमा माओवादीले जितेको थियो । वडाअध्यक्ष अलबहादुर खनालको २२ माघ २०८० मा ४१ वर्षको उमेरमा मृत्यु भएको थियो ।