ओखलढुंगा, १६ मंसिर- ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाअध्यक्षमा एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका छन् ।
३ सय ९९ मत प्राप्त गरेर तामाङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनले कांग्रेसका घनश्याम दाहाललाई पराजित गरे । एमालेले अग्रता लिएपछि सदर र बदर मतका विषयमा विवाद झिकेर काँग्रेस प्रतिनिधि गणनास्थलबाट बाहिरिएपछि केहीबेर मतगणना रोकिएको थियो ।
उक्त वडामा यसअघि २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले जितेको थियो । वडाअध्यक्ष गोपीकृष्ण कार्कीको ५० वर्षको उमेरमा ३० जेठ २०८१ मा क्यान्सरबाट निधन भएपछि उक्त वडामा आइतबार उपनिर्वाचन भएको हो ।