आफूले जितेको वडामा एमालेले अग्रता लिएपछि काँग्रेसद्वारा मतगणना बहिस्कार

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २०:४९ मा प्रकाशित

ओखलढुंगा, १६ मंसिर -ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा विवादका कारण स्थगित भएको मतगणना फेरि सुरू भएको छ ।
कांग्रेस प्रतिनिधिले सदर र बदर मतका विषयमा विवाद झिकेपछि मतगणना रोकिएको थियो । गणनामा बसेका काँग्रेसका प्रतिनिधि गणनास्थल छाडर बाहिरिएका थिए ।
विवाद समाधान भएपछि पुनः मतगणना सुरु भएको गाउँपालिका अध्यक्ष उत्तमकुमार रार्इले बताए । ३ सय मत गणना हुँद एमालेका गंगाबहादुर तामाङले १ सय ५३ मत पाएका छन् ।

कांग्रेसका घनश्याम दाहाल ७० मतसहित गंगाबहादुरलाई पछ्याइरहेका छन् ।

उक्त वडामा यसअघि २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले जितेको थियो । वडाअध्यक्ष गोपीकृष्ण कार्कीको ५० वर्षको उमेरमा ३० जेठ २०८१ मा क्यान्सरबाट निधन भएपछि उक्त वडामा आइतबार उपनिर्वाचन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us