रोल्पामा पुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको सोही गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले जानकारी दिएकी छन ।

घटनामा दुई जना घाइते समेत भएको पनि उनले जानकारी दिएकी छन । मृत्यु हुनेमा दुजमान परियार, ओम परियार, सुवित्रा परियार, आइती परियार र देवीराम परियारको मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us