झुन्डिएका व्यक्तिको सकुशल उद्धार

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते १३:२० मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– प्रहरीले बाराको कलैया नगरपालिका–१३ स्थित पानी ट्याङ्कीमा झुन्डिएका व्यक्तिलाई सकुशल गरेको छ । पानी ट्याङ्कीमा झुन्डिएका ४० वर्षीय धिरेन्द्र चौधरीलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।

बलिरामपुरमा निर्माणाधीन पानी ट्याङ्कीमा काम गर्ने क्रममा भारतीय नागरिक चौधरी झुन्डिएको प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीको नम्बर–१२ गण बारा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले उनको उद्धार गरेको हो ।

उनलाई उपचारको लागी राज्यलक्ष्मी अस्पताल कलैयामा भर्ना गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us