काठमाण्डु, १६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
बैठक आज आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको राजधानी वेइजिङ जाँदैछन् ।
प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।