चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– विभिन्न चार देशका राजदूहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्षय शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् ।

अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us