काठमाण्डु, १६ मंसिर– काठमाण्डुको जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । काठमाण्डु महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको खोजी भइराखेको प्रहरीले जानकारी दिएको छ ।