कञ्चनपुरमा पूर्व असईले गरे श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) ले श्रीमतीको हत्या गरेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेको पाइएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

ज्योती नरेन्द्रकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको निधनपछि विष्टले ज्योतीसँग दुई वर्षअघि बिहे गरेका थिए । शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिएका छन ।

विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिएका छन । विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us