कीर्तिपुरमा एनपीएल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा सात जना घाइते

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– आज (शनिबार) नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भइका छन ।

गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले पनि सात जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन ।

उनका अनुसार वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा उनीहरूको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन ।

एसएसपी घिमिरेका अनुसार घाइते हुनेमा सुशिल अकुलिया, अजय तामाङ, शिशिर गौतम, शंकर आचार्य, दान बहादुर राउत, केशव मेगी, प्रेम खड्गी रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us