काठमाण्डु, ६ मंसिर– आसन्न १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा ठाउँठाउँमा एमालेसँग चुनावी तालमेल गरेको काँग्रेसले कार्यकर्तालाई भने एमालेसँग प्रतिस्पर्धामा उत्रिन निर्देशन जारी गरेको छ ।
महामन्त्री विश्व प्रकाश शर्माले जारी गरेको सर्कुलरमा उपनिर्वाचनमा प्रमुख प्रतिस्पर्धा एमालेसँग हुने उल्लेख छ ।
उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजकसमेत रहेका शर्माले १५ बुँदे सर्कुलर जारी गरेका छन् ।
सरकारमा सँगै भए पनि एमालेसँग प्रतिस्पर्धाको नीति अंगीकार गर्न प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिएका छन् ।
यद्यपि चुनावी प्रतिस्पर्धाबीच पनि दलहरूका बीचमा सद्भाव र सामाजिक एकता कायम राख्न भनिएको छ ।
काँग्रेसले सर्कुलरमा प्रतिस्पर्धा गर्ने भने पनि माओवादी केन्द्र र अरु दलले जितेका स्थानीय तहहरुमा एमालेसँग तालमेल गरेको छ ।