रास्वपाको सर्कुलरः उम्मेदवारी परेका स्थानमा सरकारको विरोधमा कोणसभा गर्नू

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर–  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्थानमा सरकारको विरोधमा कोणसभा गर्न सर्कुलर जारी गरेको छ ।

रास्वपाले १६ मंसिरमा हुने उपनिर्वाचनमा २७ स्थानमा उम्मेदवार बनाएको छ । उपनिर्वाचन हुने ४४ पदमा १८ स्थानमा रास्वपाले उम्मेदवार बनाएको छैन । केन्द्रीय समितिको निर्णय अनुसार ८ र ९ मंसिरमा रास्वपामा उम्मेदवार भएका स्थानहरूमा सरकारको विरोधमा कोण सभा गर्न निर्देशन दिएको एक नेताले जानकारी दिएका छन ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी संरचनालाई सर्कुलर गर्दै भ्रष्टाचार, बेथिति र प्रतिशोध विरुद्ध आन्दोलन स्वरूप कोण सभा गर्न निर्देशन दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us