बसन्तनगरस्थित क्लासिकल होटलमा एक जना मृत अवस्थामा भेटिए

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– काठमाण्डुको क्लासिकल होटलमा एक जनाको शव फेला परेको छ ।

काठमाण्डु महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us