काठमाण्डु, ६ मंसिर– न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्यायपरिषद्को हिजो बुधबार बसेको बैठकले उनीहरुको सरुवा गरेको छ ।
हिजोको बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ ।
उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो ।
नयाँ गठन हुन लागेको अदालतले काठमाण्डु उपत्यकाका तीन जिल्ला र भक्तपुरको जिल्ला अदालतमा विचाराधीन रहेका बाल इजलासका मुद्दा हेर्ने भएको छ ।