काठमाण्डु, ६ मंसिर– दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या गरीएको छ ।
दैलेखको दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिएका छन ।
प्रहरीले हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई पक्राउ गरीएको छ । कर्णबहादुर गाउँका धामी रहेको खुलेको र उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका थिए ।
त्यसको केही समयपछि एक्कासी आफूलाई बोक्सी लागेर बिरामी पारेको भन्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दैलेख प्रहरीले जानकारी दिएको छ ।
हतियार प्रहारबाट घाइते भएका कर्णबहादुरलाई दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।