काठमाण्डु, ६ मंसिर– ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
पहरीले नेपाललाई आज बिहीबार काठमाण्डुको शान्तिनगरबाट पक्राउ गरीएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।
परिसरका एसपी नवराज अधिकारीले नेपाललाई नियन्त्रणमा लिएको जानकारी दिएका छन । उनले भने, ‘केही कुरा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ ।’